दफा ५
प्राधिकरणको काम, कर्तव्य र् अधिकार
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि एकीकृत यातायात प्रणालीको विकास गर्ने सम्बन्धमा प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) सार्वजनिक यातायात सम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने,
(ख) सार्वजनिक यातायातको सञजूचालन तथा व्यवस्थापन गर्ने,
(ग) एकीकृत यातायात प्रणालीको विकास गर्ने,
(घ) एकीकृत यातायात प्रणाली सञूचालन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने, गराउने,
( ङ) सार्वजनिक यातायातका साधनबीच सूचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन विद्युतीय भाडा प्रणालीको विकास गरी कार्यान्वयन गर्ने,
(च) सार्वजनिक यातायात सेवाको बारेमा वास्तविक समयमा आधारित यातायात सेवा सूचना प्रणाली विकास गरी कार्यान्वयन गर्ने,
(छ) सार्वजनिक यातायातसँग सम्बन्धित विवरण नियमित रूपमा सङ्कलन, अभिलेखन, अद्यावधिक गरी त्यसको गुणात्मक उपयोग गर्ने,
(ज) एकीकृत यातायात प्रणालीको दीर्घकालीन योजना र रणनीति अनुरूप नेपाल सरकार तथा प्रदेश सरकारले समय-समयमा दिएको निर्देशनको पालना गर्ने,
(झ) यात्रुको हितलाई मध्यनजर गरी सार्वजनिक यातायात सेवाको व्यवस्थापन गर्ने,
(ज) सम्बन्धित सरकारी निकायको समन्वयमा सार्वजनिक यातायात सेवाको गुणस्तर तोक्ने,
(ट) नगदविहीन विद्युतीय टिकटको ढाँचा निर्धारण गर्ने,
(ठ) तोकिए बमोजिमको अवधिको लागि विद्युतीय टिकट जारी गर्ने,
(ड) सम्बन्धित निकायको समन्वयमा बिसौनी, यात्रु प्रतीक्षालय तथा पार्किङस्थल निर्धारण गर्ने,
(ढ) सम्बन्धित निकायको समन्वयमा बिसौनी, यात्रु प्रतीक्षालय तथा पार्किङस्थल आसपास यात्रुहरूको लागि आवश्यक शौचालय लगायतका न्यूनतम सेवा सुविधाको व्यवस्था गर्ने,
(ण) सार्वजनिक यातायातसँग सम्बन्धित निकायहरूको समन्वयमा शहरी क्षेत्रमा सञूचालन हुने सार्वजनिक यातायातको रुट तथा भाडा दर निर्धारण गर्ने, यात्रुले सहज रूपमा भाडा तिर्ने वातावरण बनाउने तथा सोको कार्यान्वयन गर्ने, गराउने,
(त) सार्वजनिक यातायात सेवा सञूचालनको शर्त निर्धारण गर्ने र सोको कार्यान्वयन गर्ने, गराउने,
(थ) सार्वजनिक यातायातको लागि प्रयोग हुने सवारी साधनको मापदण्ड तोक्ने र कार्यान्वयन गर्ने, गराउने,
(द) वातावरणमैत्री सार्वजनिक यातायात सेवा सञ्चालन गराउने,
(ध) सार्वजनिक यातायात सञ्चालनको लागि निजी क्षेत्र वा सार्वजनिक निकायसँग तोकिए बमोजिमको सेवा खरिद गर्ने वा आवश्यक सम्झौता गर्ने,
(न) व्यापारिक केन्द्र वा शपिङ्ग मल वा आवास क्षेत्रमा सार्वजनिक यातायात सेवा उपलब्ध गराए बापत तोकिए बमोजिमको सेवा शुल्क निर्धारण गर्ने,
(प) प्राधिकरणले निर्धारण गरेको यात्रुवाहक सार्वजनिक यातायात सञूचालन गर्ने रुटमा वा सार्वजनिक आवागमनमा अवरोध पुगेको अवस्थामा प्रचलित कानून बमोजिम कुनै भवन लगायतका भौतिक अवरोध, संरचना हटाउने, भत्काउने वा स्थानान्तरण गर्ने,
(फ) प्राधिकरणले निर्धारण गरेका रुटहरूमा सडकको भौतिक अवस्था अनुसार अन्य सवारी साधनलाई एकतर्फी वा दोहोरो सञ्चालन गर्ने वा तोकिए बमोजिमका सवारी साधनलाई पूर्ण वा आंशिक रूपमा निषेध गर्ने,
(ब) पैदलयात्री, साइकलयात्री तथा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने गरी सडक व्यवस्थापनको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने,
(भ) सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापनको लागि नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने,
(म) प्राधिकरणबाट सञूचालित योजना तथा कार्यक्रमको अनुगमन, सूल्याङ्कन गर्ने, गराउने तथा सो सम्बन्धमा आवश्यक निर्देशन दिने,
(य) सार्वजनिक यातायात सेवाको आकस्मिक तथा नियमित निरीक्षण गर्ने,
(र) सार्वजनिक यातायातको व्यवस्थापनको लागि आवश्यक मापदण्ड निर्धारण गर्ने, र
(ल) प्रदेश कानून बमोजिम अन्य काम गर्ने।
(२) प्राधिकरणले उपदफा (१) बमोजिम काम कारबाही गर्दा नेपाल सरकार तथा सम्बन्धित प्रदेश सरकारका निकायसँग समन्वय गर्नु पर्नेछ।